०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बाँकेको जंगलमा मृत चितुवा फेला

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

 ABC (क्राईमबिट) बाँके । राप्तीपारीस्थित फत्तेपुर जंगलमा मरेको अवस्थामा चितुवा फेला परेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए।

‘सडेंगलेको अवस्थामा चितुवा फेला परेको छ,’ उनले भने। उक्त स्थानमा अनुसन्धान गर्ने केही बस्तु फेला परेको वडाअध्यक्ष खरेलले बताएका छन्। यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ। ‘सम्बन्धित निकायको अनुसन्धानले के गर्छ हेर्न बाँकी छ,’ खरेलले भने।

उक्त सामुदायिक वन डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रमा पर्दछ। गतवर्ष सोही क्षेत्रमा पाटेबाघले मान्छेमाथी निरन्तर आक्रमण गरेको थियो।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले यस विषयमा अनुसन्धान सुरु गरिएको बताए। चितुवा आफै मरेको नभएर कसैले मारेको हुन सक्ने उनको भनाइ छ।

‘चितुवा कसैले मारेको जस्तो देखिन्छ, तर चितुवाको शरिरका अंगहरु झिकेर लगेको देखिदैन,’ कर्णले भने। करिव ३/४ दिन अगाडी मरेको हुँदा चितुवा गन्हाउने अवस्थामा पुगिसकेको र स्थानीय बासिन्दाले थाहा पाएपछि कार्यालयलाई खबर गरेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

error: Content is protected !!