१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

यातायात वीरगन्जका तत्कालीन अधिकृत गाैतमलाई भ्रष्टाचार कसुरमा १ वर्ष कैद र १ करोड जरिवाना,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ ०६, २०८३

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्।

अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार रुपैयाँभन्दा बढी रकम जम्मा गर्नुपर्ने आदेश पनि दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ३ गते गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले उनको १ करोड रुपैयाँ बराबरको सम्पत्तिको वैध स्रोत पुष्टि हुन नसकेको ठहर गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]

  दाङ । उहाँ पत्रकार, साहित्यकार र *घोराही बनाऔँ अभियानका संयोजक* हुनुहुन्छ। पछिल्लो अन्तर्वार्तामा उहाँले आफैं भन्नुभएको छ – > “स्थानीय निर्वाचनमा उठ्छु भनेर पहिले नै घोषणा गरिसकेको छु।” तर अहिले पद भन्दा काम ठूलो हो। उहाँको अभियानका मुख्य कुरा *१. घोषणाभन्दा काममा जोड:* “घोषणा गरेर मात्र नागरिकको विश्वास प्राप्त हुँदैन। नागरिकका बीचमा गएर काम […]