०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
×

ठुलो मात्रामा सुर्तीजन्य अवैध सामान ट्रकसहित सुर्खेतबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २१, २०७९

ABC (क्राईमबिट) सुर्खेत । कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख रूपैयाँ बढीका करछलीका सामान प्रहरीले बरामद गरेको छ। खाद्य सामग्रीभित्र करछलीका सुर्तीजन्य वस्तु, चिनी सबैभन्दा बढी ल्याउने गरेको पाइएको हो।

कर्णालीमा करछलीका सामान पैसा र शक्तिको आडमा खुलेआम ल्याउने गरेको पाइएको हो। अहिले भारतबाट सुपरपावर सुर्ती र मेगाश्री गुड्का खुलेआम बजारमा बिक्री हुँदा पनि प्रहरीले सामान्य छापासमेत हाल्ने गरेको पाइएको छैन। जसकारण गैरकानुनी व्यापार गर्नेहरू कर्णालीमा मौलाउँदै छन्। चालु आर्थिक वर्षको असारदेखि हालसम्म करछलीका सामानबाट कर्णालीका १० जिल्लाबाट ८० लाख ६५ हजार २ सय १० रूपैयाँ बरामद भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

गत आवमा १ करोड ७७ लाख २ हजार ६ सय ७५ रूपैयाँबराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि प्रहरीले राजस्व कार्यालयमा पठाएको थियो। कर्णालीमा ठुला व्यापारीले सेटिङमा करछलीका सामान ल्याउने गरेको पाइएको छ। सत्ता र शक्तिको आडमा अवैध सामान रातारात ल्याएर खुलेआम बिक्रीवितरण भइरहेको छ। बजारमा खुलेआम सानादेखि ठुला पसलसम्म भारतीय सुर्तीजन्य वस्तु सुपरपावर सुर्ती, मेगाश्री गुड्का पाइन्छ। प्रशासन तथा प्रहरीको भने ध्यान कहिल्यै जाँदैन। अवैध सुर्तीजन्य वस्तु मात्रै पसलबाट नउठाउनुले पनि कर्णालीमा छ्यापछ्याप्ती प्रोत्साहन पाएजस्तै भएको स्थानीय बताउँछन्। करछलीका सामानमा भारतबाट ल्याइएका सुपरपावर सुर्ती, चिनी, कोल्ड ड्रिंक, खुद्रासामान, धोती, मोबाइल, रासायनिक मल, कुर्तासुरुवाल, तन्ना इलोक्ट्रोनिक्स सामान, निर्माण सामगी, मोटरसाइकललगायत सामान बरामद रहेका छन्। करछलीका सामान पक्राउ गर्न प्रहरीलाई विशेष निगरानी राख्न निर्देशन दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए। ‘चालु आवमा १० जिल्लामा ८० लाख ६५ हजार २ सय १० रूपैयाँबराबरको सामान बरामद भयो,’ प्रहरी प्रवक्ता (एसएसपी) श्रेष्ठले भने, ‘सबैभन्दा बढी सामान सुर्खेतबाट बरामद भएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्। केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि […]

नेपाल विकासशील राष्ट्र हो। आर्थिक, औद्योगिक, वैज्ञानिक तथा प्रविधिको क्षेत्रमा विश्वका विकसित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय, लगानी र मेहनत आवश्यक छ। अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, दक्षिण कोरिया लगायतका विकसित देशहरूले दशकौँदेखि शिक्षा, प्रविधि, उद्योग र अनुसन्धानमा गरेको लगानीका कारण ती राष्ट्रहरू निरन्तर अगाडि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालले छोटो समयमै ती राष्ट्रहरूलाई […]

चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगेकाले उनको बस्ने रिसोर्टमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। *स्रोतका अनुसार गरिएको व्यवस्था:* – *पाहुनाको आवतजावत*: प्रधानमन्त्रीको बसाइ अवधिभर रिसोर्टमा सामान्य पाहुना/ग्राहकलाई रोक लगाइएको छ – *कर्मचारी*: अधिकांश कर्मचारीलाई बिदा दिइएको छ। सेवा सञ्चालनका लागि सीमित कर्मचारी मात्र खटाइएका छन् भिभिआइपी सुरक्षाको प्रोटोकल अनुसार प्रधानमन्त्री, […]

error: Content is protected !!