०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

निमित्तको भरमा प्रदेश प्रहरी डीआईजी बढुवामा ढिलाइ एसएसपीले चलाउदै प्रदेश

Logo
प्रकाशित मंगलबार, चैत्र २१, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । प्रदेश प्रहरीको कमान्ड प्रहरी नायव महानिरीक्षकले गर्छन् । २०७४ मा सरकारले प्रदेशमा पनि अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको थियो । तर, पछि फेरी डीआईजीलाई खटाउन थालिएको थियो । डीआईजीले कमान्ड गर्नुपर्ने प्रदेश प्रहरी कार्यालयहरूमा अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई निमित्त तोकिएको छ । ३ वटा प्रदेश प्रहरीको कमान्ड निमित्तले गरिरहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयको निमित्त प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला छन् । मधेस प्रदेशको निमित्त प्रमुखमा एसएसपी जनक भट्टराई र सुदूरपश्चिममा एसएसपी भरत बहादुर बोहरा छन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरले चैत १३ मा एसएसपीहरूलाई प्रदेश प्रहरी कार्यालयको निमित्त प्रमुख बनाएर काजमा खटाउने निर्णय गरेका थिए । नायब महानिरीक्षकहरूको सङ्ख्या थोरै भएकाहरूले सिनियर मध्येबाट एसएसपीलाई प्रदेशमा निमित्तको जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए । डीआईजी पोखरेल भन्छन्–‘अहिले डीआईजीको सङ्ख्या थोरै छ, त्यसैले केहि समयको लागी काजमा सिनियर एसएसपीहरूलाई प्रदेशमा खटाएका छौँ ।’

प्रहरीमा २० जना डीआईजीको दरबन्दी छ । तीमध्ये १३ वटा महानिरीक्षक (डीआईजी)को पद रिक्त छ । अहिले प्रदेशमा ४ जना र प्रधान कार्यालयमा दुई जना डीआईजी कार्यरत छन् । डीआईजी दुर्गा सिंह नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत छिन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी पोषराज पोखरेल र डीआईजी रामदत्त जोशीलाई तत्कालीन गृहमन्त्री रवि लामिछानेले ६ महिना कार्यकाल पुरा हुनासाथ प्रदेशबाट सरुवा गरेका हुन् । प्रदेशमा खटिएका तीनजना एसएसपी डीआईजी बढुवा हुने मेरिट लिस्टमा अगाडी छन् । डीआईजीमा बढुवा गरेपछि उनीहरूलाई नै पदस्थापन गर्ने गरी काज खटाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । गृह मन्त्रालयको कमान्ड उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समालेका छन् । नयाँ मन्त्री आएसँगै डीआईजी बढुवा अघि बढ्ने गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

चैत ६ मा मन्त्रिपरिषद्ले ५ जना डीआईजीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा हुनेमा टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीसँगै बढुवा भएका वसन्त कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका छन् । चैत १३ मा चार जना डीआईजीहरु एआईजी पदमा बढुवा सिफारिस भए ।

लामो समयदेखि रिक्त एआईजीमा बढुवासँगै डीआईजीमा रिक्त पदसंख्या १३ पुगेको हो । नायव महानिरीक्षकमा बढुवा हुन प्रहरी वरिष्ठ उपरीक्षकहरुबीच तीव्र प्रतिस्पर्धा छ ।

डीआईजी बढुवा हुने मेरिट लिस्टको पहिलो नम्बरमा जनक भट्टराई छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका कमान्ड गरेका भट्टराई ‘गोठाटार हत्याकाण्ड’को अनुसन्धान समितिका संयोजक थिए । तर, भट्टराई नेतृत्वको टिमले अनुसन्धान पुरा गर्न सकेन ।

भट्टराई सहित १० जना २०७७ वैशाख १७ मा वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । उनीहरू डीआईजी हुने प्रतिस्पर्धामा छन् । विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञ विनोद पोखरेल र चन्द्र कुवेर खापुङ बरीयतामा अगाडि छन् ।

२०७७ माघ र २०७८ मंसिरमा बढुवा भएकाहरू पनि डीआईजी बढुवाको तीव्र प्रतिस्पर्धामा छन् । अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, चक्रबहादुर सिंह र विकाश राज खनाल डीआईजी बढुवा हुने प्रतिस्पर्धामा छन् ।
एआईजीको निर्णय भएन
प्रदेश प्रहरीको कमान्ड प्रहरी नायव महानिरीक्षकले गर्छन् । २०७४ मा सरकारले प्रदेशमा पनि अतिरिक्त महानिरीक्षक (एआईजी)लाई खटाएको थियो । तर, पछि फेरी डीआईजीलाई खटाउन थालिएको थियो । डीआईजीले कमान्ड गर्नुपर्ने प्रदेश प्रहरी कार्यालयहरूमा अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई निमित्त तोकिएको छ । ३ वटा प्रदेश प्रहरीको कमान्ड निमित्तले गरिरहेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको निमित्त प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोला छन् । मधेस प्रदेशको निमित्त प्रमुखमा एसएसपी जनक भट्टराई र सुदूरपश्चिममा एसएसपी भरत बहादुर बोहरा छन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरले चैत १३ मा एसएसपीहरूलाई प्रदेश प्रहरी कार्यालयको निमित्त प्रमुख बनाएर काजमा खटाउने निर्णय गरेका थिए । नायब महानिरीक्षकहरूको सङ्ख्या थोरै भएकाहरूले सिनियर मध्येबाट एसएसपीलाई प्रदेशमा निमित्तको जिम्मेवारी दिइएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए रातो-पार्टी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

error: Content is protected !!