०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

गृहमन्त्री नारायण काजी श्रेष्ठद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, चैत्र २१, २०७९

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रधान कार्यालयको निरीक्षण भ्रमणका साथै बरिष्ठ अधिकृत छलफल तथा निर्देशन कार्यक्रमको समापन गरि सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, संगठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारी अन्तर्गतका विषयहरुमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दंगा नियन्त्रण, सार्वजनिक सम्पत्तीको संरक्षण, तथा कानूनको कार्यान्वयन गर्ने क्रममा सम्पादन गरिएका समग्र गतिविधिहरु समेटेर गरिएको प्रस्तुतीकरणले संगठनको बारेमा थप प्रष्ट भएको बताए ।

उनले शान्ति, सुरक्षा, प्रतिबद्धताको मुल मन्त्रलाई आत्मसात गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्ने कार्य सराहनीय रहेको बताउदै राज्यले सुम्पिएका जिम्मेवारीहरु साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिहरुमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको समेत बताए ।

उनले प्रधान कार्यालयमा देशभरमा कार्यरत वरिष्ठ अधिकृतहरु भेला भई संगठनलाई कसरी गतिशिल र सक्षम बनाउन सकिन्छ भनि छलफल गर्न गोष्ठी आयोजना गर्ने कार्य प्रशंसनिय रहेको बताउदै स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझ मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपालसंग सम्बन्धित कानूनी विषयहरु (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने बताउदै संगठनलाई नेपाल सरकारले तोकेको जिम्मेवारी अनुरुपको कार्य प्रभावकारी ढंगले सम्पादन गर्नका लागि मौजुदा दरबन्दी संरचनाको पुनर्संरचना गर्ने गरी संगठन तथा व्यवस्थापन गर्ने कार्यलाई अगाडी बढाउन गृहमन्त्रालयको आवश्यक पहलकदमीमा कुनै कमी नहुने बताए ।

उनले सशस्त्र प्रहरीले न्यून सेवा सुविधा र अपर्याप्त स्रोत साधनका बाबजुद कतिपय ठाउँमा भाडाको घर, अस्थाई संरचनामा बसेर, कतिपय ठाउँमा जीर्ण अवस्थाका आवास तथा भवनहरुबाट नागरिकलाई सेवा र सीमाको सुरक्षा गरिरहेको अवस्था विद्यमान रहेको हुँदा यस्ता समस्याहरु समाधान गरी भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृहमन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने बताए ।

सशस्त्र प्रहरी बल नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बिओपीहरुको स्थापना, मौजूदा बिओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनु पर्ने उल्लेख गर्दै हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीको लागि मापदण्ड अनुसारको पोशाक, सशस्त्र प्रहरी कर्मचारीलाई उपलब्ध हुने रासनको न्यायोचित वितरण तथा अन्य सेवासुविधामा उचित ध्यान पुर्याईने बताए ।
उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले विपद् प्रतिकार्य, राहत तथा उद्धारमा सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुहुँदै विपद् उद्धार केन्द्रहरूको विस्तार, विपद् उद्धार सामाग्रीको नियमित उपलब्धता र विपद् व्यवस्थापनमा संलग्न सशस्त्र प्रहरीको क्षमता विकासका लागि कार्ययोजना बनाई उचित स्रोतसाधनको प्रबन्धसहित ठोस कार्य गर्नका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा आफैमा जटिल, संवेदनशिल र चुनौतीपूर्ण विषय भएको बताउदै अन्य सुरक्षा निकायहरुसँग निकट समन्वयका साथ राज्य प्रदत्त कार्यादेशहरुलाई कुशलतापूर्वक बहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश, निर्देशनहरुलाई अक्षरशः पालना गरी ईमान्दारिताकासाथ परिचालन भईरहेको बताए ।
उनले प्रशासन मायाले होईन न्यायले चल्दछ, भन्ने मान्यतालाई अंगिकार गर्दै आन्तरिक प्रशासनलाई प्रणालीगत, निश्चित पद्दतीमा संगठन चल्ने अवस्था सिर्जना गर्नका लागि पारदर्शीता र जवाफदेहीता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यू.एन. मिशन तथा कल्याणकारी कार्यक्रम एवं अवसरहरुलाई न्यायसंगत रुपमा वितरणको प्रक्रिया थालनी गरिएको बताए ।
महानिरीक्षक अर्यालले कर्मचारीहरुमा थप हौसला बृद्धिका लागि पश्चिमी अफ्रिकी मुलुक माली स्थित संयुक्त राष्ट्रसंघीय मिसनमा १ सय ४० जनाको फम्र्ड पुलिस युनिट (एफपीयु) परिचालन गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको बताए ।

उनले राज्यको मेरुदण्डको रुपमा रहेको राजस्व एवं भन्सार वृद्धि गर्ने कार्यमा सरोकारवालाहरु सबैको रचनात्मक सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सम्बन्धित सबै निकायहरुसँग आवश्यक सहयोग, समन्वयन र सहकार्यका साथ अगाडी बढिरहेको बताए ।

महानिरीक्षक अर्यालले प्रधान कार्यालयमा आयोजित बरिष्ठ अधिकृत छलफलले संगठन सुधारका योजना र कार्यक्षेत्रमा व्याप्त कठिनाई र समस्याहरुका बारेमा समेत निचोड निकाल्न सफल भएको बताउदै विशेषत सीमा सुरक्षा, राजस्व संकलन, जनशक्ति तथा स्रोतसाधनका साथै सरुवा, बढुवा लगायतका वृत्ति बिकासका विषयलाई ऐन, नियमावलीले सम्बोधन गर्ने गरी मजकूर मन्त्रालयमा पेश गरिने हुँ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

error: Content is protected !!