०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पर्सा प्रहरीले यातायात कार्यालय बिरगंजबाट ११ जना बिचौलिया पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र २२, २०७९

ABC (क्राईमबिट)
पर्सा । बिरगंज प्रगतिनगरस्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले एकैदिन ११ जना बिचौलियाहरुलाई नियन्त्रणमा लिएको छ ।

यातायात कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटोछरितो गराइदिने प्रलोभन दिएर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिड्ने कार्यमा संलग्न रहेको आरोपमा मङ्गलबार ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका १२ का २५ वर्षिय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षिय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षिय दिपलाल साह, त्यहि वडाका ४६ वर्षिय रामबाबु झा, वडा नम्बर ३ का ३७ वर्षिय रञ्‍जित गुप्ता, वडा नम्बर ११ का २३ वर्षिय लालबाबु महत्तो, त्यहि वडाका ४५ वर्षिय राजेश लामा रहेका छन् ।

यस्तै पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ४ का ४० वर्षिय राजेश महतो, बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का ४५ वर्षिय दरोगा दास, बाराकै प्रसौनी गाँउपालिका वडा नम्बर ३ बस्ने दिपु महत्तो तत्मा र वडा नम्बर ६ का ३० वर्षिय मुकेश साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीका अनुसार यातायात कार्यालयमा बिचौलीयाहरुले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मङ्गलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको थियो ।

कार्यालयमा अनुगमनका क्रममा सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिँदै गरेको अवस्थामा भेटिएका बिचौलीयाहरुलाइ नियन्त्रणमा लिइएको बुढाथोकीले बताए ।

नियन्त्रणमा लिइएका बिचौलीयाहरुलाई प्रहरीको हिरासतमा राखेर उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बुढाथोकीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!