०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

ठगी र यौन धन्दा चलाउनेहरू विरुद्ध प्रहरीको अपरेसन ७७ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २३, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा स्विप अपरेसन चलाएर ७७ जनालाई पक्राउ गरेको छ । बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरञ्जनदत्त भट्टले बताए ।

बुधवार राति प्रहरीले सो क्षेत्रमा ठगी र यौन धन्दा चलाउनेहरू विरुद्ध स्विप अपरेसन सञ्चालन गरेको थियो । टोखा नगरपालिका स्थित वडा नम्बर–२६ र वडा नम्बर–९ मा सञ्चालित गेस्ट हाउस, दोहोरी, डान्सबार तथा रात्रि क्लबमा आबद्ध रहेकाहरू पक्राउ परेका छन् ।

डान्सबार लगायतका रात्रि क्लबहरूमा चर्को मूल्य असुलेर ग्राहकलाई ठग्ने गुनासो बारम्बार आउने गरेको छ । पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष छन् ।

प्रहरी प्रभाग नयाँ बसपार्कले बुधवार थप १५ जनालाई पक्राउ गरेको थियो । आरोपीहरूबारे अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!