०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बाराको जीतपुर बंगाली बाबा आश्रममा बुधबारदेखि ४ दिन सम्म २४ कुण्डीय गायत्री महायज्ञ सुरू

Logo
प्रकाशित बिहिबार, चैत्र २३, २०७९


(रोशन कुमार निधि)
बारा । जितपुर सिमरा वडा नम्बर ७ जीतपुरको केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना गरिएको छ ।

महायज्ञको पहिलो दिन हजारौंको संख्यामा यज्ञ स्थलबाट सुरू गरिएको शोभायात्रा सहिँत कलश यात्राले नगर परिक्रमा गर्दै वडा नं.५ स्थित दुधौरो खोलाबाट जल भरेर पुनः यज्ञ स्थलमा फर्किएर महायज्ञमा परिणत भएको जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिकाे अध्यक्ष शिवजी साह सोनारले जानकारी गराउनु भएको छ।

मधेश प्रदेश बारा क्षेत्र नम्बर चार (१) का बिधायक देवनारायण चौधरीले यज्ञको पहिलो दिन दिप प्रज्वलित गरि महायज्ञको शुभारम्भ गर्नुभएको थियो।

जीतपुरसिमरा उपमहानगरपालिकाकाे नगर प्रमुख राजन पौडेल, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, स्थानीय जनस्मुदाय, बुधिजिवी समाजसेवी लगायत श्रद्धालु भक्तजन
बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरु को सहभागिता रहेको थियो ।

२२गते बिहीबार देखि चैत्र २५ गते शनिवार सम्म बिहान ७ देखि ११ बजे सम्म गायत्री हवन गरिने र प्रत्येक दिन बेलुकी ५ बजेको संध्यामा आरती पश्चात राती ९ बजे सम्म हरिद्वारका आचार्यको मुखारविन्दबाट संगीतमय प्रवचन गरिने आयोजक अध्यक्ष शिब सोनारले जानकारी दिनुभएको छ।

२४ कुण्डीय वेदमाता गायत्री महायज्ञको हवनका लागि २४ जना दाम्पत्तिले यज्ञको पुर्णता दिलाउँन बेदीमा बसने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!