०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पैसाको ओछ्यानमा सुत्ने व्यक्ति पक्राउ को हुन् उनी ? प्रहरी अनुसन्धान

Logo
प्रकाशित शुक्रबार, चैत्र २४, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले नोटमाथि सुत्ने व्यक्तिलाई पक्राउ गरेर वास्तविकता बुझेर छोडिएको बताए । उनले सामाजिक सञ्जालमा राखेको भिडियोमा रहेको रकम सबै वैद्य भएकाले सचेत गरेर छाडिएको उनको भनाइ छ ।

‘वैद्य च्यानल (बैंक)बाट झिकेर भोलिपल्ट बैंकमा नै राखेको देखिन्छ, त्यसैले थप कारवाही गर्न सकिएन, नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न पाइदैँन भनेर सचेत गराएका छौं, थप गतिविधि नगरोस् भनेर निगरानीमा राखेर छोडिएको हो,’ शाहले भने ।

सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्दै आएका सुलभ आचार्य रहेको प्रहरीले जनाएको छ । विदेशमा कलेजको शुल्क तिर्नका लागि ल्याएको रकम खाटमा विछ्याएर भिडियो बनाएका थिए । उनले ल्याएको रकम एभरेष्ट बैंकबाट निकालेकाे प्रहरीले बताएको छ ।
प्रहरीको अनुसार नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर उनलाई छाडिएको हो । यदि उनले प्रयोग गरेको पैसा अवैद्य भएको भए कारबाहीको भागिदार हुनु पर्ने थियो । तर, उनले प्रयोग गरेको रकम बैद्य रहेको उनको भनाइ छ । ‘बैंकबाट निकालेर बैंकमै राखिएको छ भने त्यो पैसा बैद्य हुन्छ, वैद्य पैसामा थप कानुनी प्रावधान छैन, उहाँ विद्यार्थी मान्छे हो, विदेश पढ्न जानको लागि आएको पैसा सम्बन्धीत ठाउँमा बुझाउनुभन्दा अघि रहरले भिडियो बनाएर पोस्ट गरेको रहेछ,’ उनले भने, ‘यसरी नोटमाथि सुतेर सामाजिक सञ्जालमा पोस्ट गर्नु हुँदैन, नोटको दूरुपयोग गर्नु हुँदैन भनेर सचेत गरायौं ।’

ओछ्यानमा नोटमाथि पैसा राखेर फोटो वा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने अन्य व्यक्तिको खोजी कार्य जारी रहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत साता ओछ्यानमा नाटक गरी पैसाको नोटमाथि सुत्ने मान्छेको खोजतलासी भइरहेको बताएका थिए । सोही विषयमा विकासन्युजले गत आइतबार (चैत १९ गते) ‘ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

पछिल्लो समय बैंकमा तरलता अभाव हुँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पैसाको नोट बिछ्याएर सुतेको फोटो सार्वजनिक गरेपछि राष्ट्र बैंकले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताएका थिए ।

‘बजारमा पैसा कहाँ गयो ? कसले लुकायो भन्छन्, कसैले ओछ्यानमा नाटक गरी पैसाको नोटमा सुतेको फोटो देखिन्छ, त्यसरी ओछ्यानमा पैसाको नोटमाथि सुत्नेलाई राष्ट्र बैंकले अध्ययन गर्दैछ,’ उनले भनेका थिए ।

गभर्नर अधिकारीले ‘ट्रेस’ गरेर ओछ्यानमा पैसामाथि सुत्ने व्यक्तिको खोजी गरिरहेको बताएका थिए । त्यसरी पैसा माथि सत्नु गलत भएको उनको भनाइ थियो ।

‘त्यो विषयमा हामीले ‘ट्रेस’ गर्दैछौँ, पत्ता लगाइ रहेका छौँ, त्यसरी पैसा माथि सुत्नु गलत हो, ती व्यक्तिको खोजी गरेर छानबिन गर्ने काम भइरहेको छ,’ उनले भनेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!