
ABC (क्राईमबिट)
महोत्तरी । जलेश्वर कारागारका एकजना कैदी भागेका छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका–९ घर भएका कृष्ण यादव फरार भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए ।
कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यादवलाई उपचारका लागी जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालको शौचालयबाट उनी फरार भएको एसपी श्रेष्ठले बताए ।