०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

मेयर बालेनले सिंहदरबारको फोहोर उठ्दैन भने पछी राजनीतिदलहरुद्वारा बिरोध

Logo
प्रकाशित शनिबार, चैत्र २५, २०७९


(ABC-Sanchar) काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् । मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ । यसैबीच एमाले महासचिवले मेयर शाहको अभिव्यक्ति नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको संकेत गर्ने बताएका छन् । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने महासचिव पोखरेलको भनाइ छ । उनले ट्विटरमा मेयर शाहको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै लेखेका छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!