०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको १० वटा ट्याक्टर सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९


ABC (क्राईमबिट) दाङ । देउखुरी सशस्त्र प्रहरी बल, नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा गएराती १० ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। लमही नगरपालिका वडा न. ७ बनगाई र हस्नापुर ईलाकामा पर्ने अर्जुन खोलामा राति २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा सूचना आए पछी ट्याक्टरहरु पक्राउ परेका हुन। सशस्त्र प्रहरी बल, नेपाल न. ४१ रिजर्भ गण हे.क्वा. अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डि. सी.को नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका वडा न. ७ बनगाईबाट ६ वटा र सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका ७ हस्नापुरबाट ४ ओटा ट्र्याक्टरहरु बालुवा सहित नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिईएका ट्याक्टरहरुलाई आवश्यक कानुनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल नेपाल न. ४१ रिजर्भ गण हे.क्वा. अर्जुनखोलाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!