०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बिरगंजको रामजानकी मन्दिरको अतिक्रमण गरेको जग्गामा डाेजर चल्यो

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९

(ABC-Sanchar)
पर्सा । वीरगञ्जको घडिअर्वा स्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार थुनेर अतिक्रमण गरी बनाइएको संरचनामा डोजर लगाइएको छ ।

बिरगंज महानगरपालिकाको वडा नम्वर १० घडिअर्वा पोखरीको मूलद्वारकाे सामुन्ने रहेको मन्दिरमा भएको अतिक्रमण हिजोबाट डोजर लगाएर हटाउन थालिएकोमा आज पूर्ण रुपम हटाइएको छ ।
आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगर विरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा रिट दिएका थिए । तर उक्त रिट अदालतबाट अस्वीकार भएसँगै शनिबार महानगरपालिकाले कथित पुजारी तिवारीले मन्दिर बन्धक बनाई निर्माण गरेको पक्की संरचनामा डोजर लगाएर भत्काउन थालिको हो ।

यहि फागुन ४ गते पुजारी तिवारीकै पक्षमा जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै महानगरपालिकाले अदालतमा निवेदन दिएकोमा शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्ता सेढाई सापकोटाको संयुक्त इजलासले महानगरकै पक्षमा आदेश दिएसँगै मन्दिरलाई बन्धक बनाएर गरिएको अतिक्रमण हटाइएको छ ।

विक्रम संवत १९८२ सालदेखि नै रामजानकी मन्दिरको नाममा रहेको उक्त जग्गामा पुजारी तिवारीले विगत ३० वर्षदेखि मन्दिर बन्धक हुने गरी अतिक्रमण गरेर तीनै तर्फ पक्की संरचना बनाएर सटर भाडामा लगाएका थिए ।

मन्दिरमा भएको अतिक्रमण हटाउन शनिबार महानगरका मेयर राजेशमान सिंह आफै डोजर लिएर पुगेका थिए । हिजो मन्दिरको उत्तर तर्फको संरचना हटाइएकोमा आज पूर्वतर्फको संरचना पनि हटाइएको महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिएकाे हाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!