०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

कोशी प्रहरी प्रमुख वरिष्ठ एसएसपी बास्तोलाद्वारा जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण

Logo
प्रकाशित आइतबार, चैत्र २६, २०७९


ABC (क्राईमबिट)
झापा । कोशी प्रदेश प्रहरी प्रमुख बास्तोलाद्वारा जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोलाले आज जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गरि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिएका छन् ।

निर्देशनको क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने विभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिए । निर्देशनकै क्रममा उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
साथै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले झापा जिल्लाको समग्र बस्तुस्थितिका बारेमा निमित्त प्रहरी प्रमुख बास्तोलालाई अवगत गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!