०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

सशस्त्र प्रहरी बलको APF फेसबुक कसरी भयो पेज ह्याक ?

Logo
प्रकाशित मंगलबार, चैत्र २८, २०७९

ABC (क्राईमबिट) काठमाडौँ । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार बिहान आर्म्ड पोलिस फोर्स, नेपाल पेजबाट अनधिकृत स्टाटस पोस्ट भएको छ । भियतनामी भाषामा रहेको स्टाटसमा ‘जो गत शरदमा फर्किए’ लेखिएको छ ।सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खड्काले अहिले कम्प्युटर शाखाले हेरिरहेको बताए । उनले भने, ‘उक्त स्टाटस हाम्रोबाट पोस्ट भएको होइन । हाम्रो कम्प्युटर शाखाले हेरिरहेको छ । डिटेल आएपछि थप जानकारी दिउँला ।’
नेपालका सरकारी कार्यालयहरूमा वेबसाइट र सामाजिक सञ्जालहरू पटक-पटक साइबर आक्रमणमा पर्ने गरेका छन् । यसअघि चैत २ गते प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल ह्याक भएको थियो । नेपालमा राष्ट्रपतिको कार्यालयको वेबसाइटसमेत ह्याक भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!