०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पोखराको युवती बनेर एक युवकले ठगे ब्यापारीको ६० लाख रुपैयाँ अहिले पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र २८, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । करिब एक वर्ष अगाडि लाजिम्पाटका एक व्यापारीको फेसबुकको ‘पिपल यु मे नो’ क्याटेगोरीमा एउटा नाम र तस्बिर देखापर्छ । सृष्टि पौडेलको नाममा एक सुन्दर युवतीको तस्बिर भएको प्रोफाइल देखेपछि ती व्यापारीले युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाए ।

गत वैशाख ती युवती फेसबुकमा जोडिन्छिन् । सुरुमा दुईबीच सामान्य कुराकानी हुन्छ । पछि दुई जनाबीच दैनिकजसो कुराकानी हुन थाल्छ । फेसबुकको म्यासेन्जरबाट सुरु भएको कुराकानी नम्बर आदानप्रदान भएर मोबाइल फोनमै समेत कुराकानी हुन थाल्छ ।

ती युवतीको सुमधुर आवाजबाट मन्त्रमुग्ध भएका ती व्यापारीले फोनमै माया प्रेमको कुरासमेत गर्न थाल्छन् । युवतीले आफू पोखरामा रहेको भन्दै युवकलाई पोखरा आउन भन्थिन् । तर, व्यापारी कामको व्यस्तताले पोखरा जान पाइरहेका थिएनन् ।
माया प्रेम झँगिदै गएपछि सृष्टिले ती व्यापारीसँग रकम माग गर्न थालिन् । कहिले आमा बिरामी हुनुहुन्छ त कहिले के भनेर उनले रकम माग गरिरहिन् । त्यसको बदलामा ‘फिजिकल हुने’ प्रलोभनसमेत दिने गर्थिन् ।

सुरु–सुरुमा केही रकम पठाएपछि ती व्यापारीले युवतीलाई काठमाडौँ आउन पनि भने तर युवतीले काठमाडौँ नभएर पोखरामै आउनु भन्दै कुरा टार्थिन् । युवक आफ्नै व्यापार व्यवसायमा व्यस्त भएको कारण हत्तपत्त पोखरा जान पाउँदैनथे । तर जब–जब युवक पोखरा आउने कुरा गर्थे सृष्टि कहिले कामले अन्त जानुपरेको त कहिले व्यापारकै सिलसिलामा अन्यत्र जानुपरेको भन्थिन् ।

युवतीले आफ्नो बुवाको मृत्यु भइसकेको, आमा पनि बिरामी भएको र आफूले पुर्खौली व्यापार सम्हालिरहेको बताएकी थिन् । यता व्यापारी पनि युवती साँच्चैको व्यस्त होलिन् भनेर त्यति धेरै दबाब दिन्नथे ।

‘भर्चुअल लभ’ कै आधारमा लाजिम्पाटका ती व्यापारीले सृष्टिलाई धेरै रकम पठाइसकेका थिए । आमा बिरामी भएको भनेको समयमा उपचारका लागि भन्दै ती व्यापारीले सबैभन्दा धेरै रकम पठाएका थिए । अधिकांश रकम ई–सेवामार्फत पठाउने गरेका ती व्यापारीले पटकपटक गरी कूल ६० लाख रकम सृष्टिलाई पठाइसकेका थिए ।

कहिलेकाहीँ सृष्टिले काठमाडौँ आइपुगेको भनेर सम्पर्क गर्थिन् । तर, भेट्ने आशमा बसेका ती व्यापारीलाई पछि फोन सम्पर्क नै गरेर इमरजेन्सी परेकाले फ्लाइटबाटै फर्किन लागेको वा फर्कन परेको बताउँथिन् । ती व्यापारी पनि होला त भनेर चुपचाप बस्थे ।

भेट भएर माया साटासाट गर्ने योजनामा रहेका व्यापारीलाई पछि सृष्टिबारे शंका लाग्न थाल्यो । उनले सृष्टिलाई तत्काल भेट्न दबाब दिन थाले रातोपाटी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!