०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

डिआईजी किरणद्वारा बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको निरीक्षणमा

Logo
प्रकाशित मंगलबार, चैत्र २८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ ।

आज आयोजित कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा,कार्यालय ब्यारेक, कोत, एम.आई.रुम, मेश,चमेना क्यान्टिन र खुद्रा क्यान्टिन लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो ।

निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिम केन्द्र दक्ष प्रहरी उत्पादन स्थल भएको हुनाले दत्तचित्त भएर प्रशिक्षण गतिबिधीमा सहभागी हुन तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!