०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पर्सामा हुनलागेको रात्रीमेलामा ३ दिनसम्म सिमानाका खुला व्यापक सुरक्षाकर्मी तैनाथ

Logo
प्रकाशित बुधबार, चैत्र २९, २०७९

(ABC-Sanchar)
पर्सा । बिरगंज वब्यापक रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला हुने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा पहिलोपटक वीरगन्ज महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘रात्रि बजार’का सञ्चालनकाे लागि भारतबाट नेपाल प्रवेश गर्ने नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गर्ने लागिएको छ।

राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगन्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।

बिरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगन्ज नाका चौबिसै घण्टा खुला रहने छ ।

सो बारेमा जानकारी दिदै नगर प्रमुख सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो । उनका अनुसार बिरगञ्जलाई दिर्घकालिन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने वारेमा रात्रीकालिन बजारले मार्गचित्र दिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!