०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

महोत्तरीमा १ जना मजदुरलाई पोलमा बाधेर कुटपिट र अमानवीय व्यवहार

Logo
प्रकाशित बुधबार, चैत्र २९, २०७९

ABC (क्राईमबिट)
महोत्तरी । जिल्लाकाे लाेहारपटि नगरपालिकामा एक जना मजदुरमाथि अमानवीय व्यवहार भएको घटना बाहिरिएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दीलिपकुमार गिरीका अनुसार गत चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए।

‘मिश्रले उनको कपाल पनि मुण्डन गरेर मोसो दले। मान्छेहरूले त्यहाँ रमिता हेरेर बसेका थिए। प्रहरीलाई खबर पनि गरिएनछ। यो घटनाले उनलाई विक्षिप्त बनाइयो,’ उनले भने। घटनाको भोलिपल्ट समाजिक सञ्जालमा भिडिओ दखेपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको छ। उनीविरूद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए।

अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए। रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए। औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयको भनाइ रहेकाे थियाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

error: Content is protected !!