०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

१५ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९


(राजन थारु) धनगढी । कैलालीबाट प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–१ ब्लक नं। १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ वस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ वस्ने वर्ष ५६ का उदय राब ढुङगाना, दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन्।

त्यस्तै सोही ठाउँकै वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४ हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

कैलाली टिकापुर नगरपालिका १ वस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल, वर्ष४९ को देब बहादुर रावल, वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही, ५० वर्षका दल बहादुर साँउद, ५८वर्षका हिरालाल कोईराला र ६३ वर्षका लोक बहादुर साँउद रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

error: Content is protected !!