०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

बढ्दो आर्थिक मन्दीका कारण (घर-भाड) घटाउन व्यावसायिक संघसंस्थाको अपिल

Logo
प्रकाशित बिहिबार, चैत्र ३०, २०७९

 (ABC-Sanchar) भैरहवा । कोभिड १९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घर भाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक संघसंस्थाले ठहर गरेका छन् ।

व्यावसायिक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ र नेपाल घर बहाल सरोकार सङ्घको संयुक्त बैठकले घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै घर बहाल घटाउन घरधनीलाई सामूहिक आग्रह गरेको छ ।

बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखाना धारासायी हुँदै गइरहेको र त्यसबाट निम्तिएको सङ्कटका विषयमा छलफल भएको रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताउनुभयो । बैठकपछि जारी संयुक्त अपिलमा मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग कलकारखाना सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने विषयमा सबै पक्ष गम्भीर बन्न अनुरोध गरिएको छ ।

अपिलमा बढ्दो आर्थिक मन्दीबाट उपभोक्ता तथा घरधनीलाई प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पसल बन्द गर्नेको सङ्ख्या बढ्दै गएको तथा बजार विस्थापित हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गरिएको छ । यो स्थितिलाई मध्यनजर गर्दै पछिल्लो घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आवश्यक भएको अपिलमा उल्लेख छ ।

अपिलमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष घिमिरेसहित रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य सङ्घका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार सङ्घका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घर बहाल सरोकार सङ्घका अध्यक्ष राजु लिगलले हस्ताक्षर गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ओहजारौंको छहारी घाम छल्ने ठाउँ मात्र होइन, बिजौरी चोकको मुटु थियो। बिहान चिया पिउने ठाउँ, बेलुका गफ गर्ने चौतारी। 2. *जीउँदो डायरी*: कति प्रेमपत्र त्यो फेदमा साटिए होलान्। कति विद्यार्थीले त्यही छायाँमा परीक्षा पास गर्ने कसम खाए होलान्। कति बुढापाकाले त्यही बसेर छोराछोरीको कथा सुनाए होलान्। 3. *प्रकृतिको पूजा*: पीपललाई हिन्दूले “विष्णुको रूप” […]

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

error: Content is protected !!