०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
×

नयाँ वर्षमा ३ चलचित्रहरु एकसाथमा प्रदर्शनमा कुन फिल्मले राम्रो ब्यापार गर्छ ?

Logo
प्रकाशित शुक्रबार, बैशाख ०१, २०८०

(ABC-Sanchar) काठमाडौं । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्। यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ।

नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार हुने समय बुझिन्छ। यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन्। तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ।

अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन्। लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ। कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गरेका छन्।

अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गरेका छन्। प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ। ‘निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो। यसलाई त्यही रूपमा हेर्नुपर्छ। हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि’, अभिनेता राईले भने।

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’। कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन्। सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले अभिनय गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्। केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि […]

नेपाल विकासशील राष्ट्र हो। आर्थिक, औद्योगिक, वैज्ञानिक तथा प्रविधिको क्षेत्रमा विश्वका विकसित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय, लगानी र मेहनत आवश्यक छ। अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, दक्षिण कोरिया लगायतका विकसित देशहरूले दशकौँदेखि शिक्षा, प्रविधि, उद्योग र अनुसन्धानमा गरेको लगानीका कारण ती राष्ट्रहरू निरन्तर अगाडि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालले छोटो समयमै ती राष्ट्रहरूलाई […]

चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगेकाले उनको बस्ने रिसोर्टमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। *स्रोतका अनुसार गरिएको व्यवस्था:* – *पाहुनाको आवतजावत*: प्रधानमन्त्रीको बसाइ अवधिभर रिसोर्टमा सामान्य पाहुना/ग्राहकलाई रोक लगाइएको छ – *कर्मचारी*: अधिकांश कर्मचारीलाई बिदा दिइएको छ। सेवा सञ्चालनका लागि सीमित कर्मचारी मात्र खटाइएका छन् भिभिआइपी सुरक्षाको प्रोटोकल अनुसार प्रधानमन्त्री, […]

error: Content is protected !!