०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

वडा १ अध्यक्ष कुर्मीले बिकास गर्न खोजदा वडा सदस्यले बिकास गर्न नदिएको गुनासो

Logo
प्रकाशित शनिबार, बैशाख ०२, २०८०

(ABC-Sanchar)
पर्सा । वीरगंज महानगरपालिका वडा नं १ का‌ वडा अध्यक्ष मनोज राउत कुर्मी ले वडामा बिकास गर्न खोजदा पनि बिकास गर्न नदिएको बताएका छन्।

वीरगंज महानगरपालिका वडा नं १ स्थित लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा भएको विकासको कार्यमा छलफल सुझाव दिने सम्बन्धमा राखेको कार्यक्रममा वडा अध्यक्ष मनोज राउत कुर्मीले भने म वडामा बिकास गर्न खोज्दा पनि बिकास गर्न वडा सदस्यहरू नदिएको जानकारी गराए।

साथै वडा अध्यक्ष लगायत सदस्यहरू जनता समाजबादी पार्टी कै निर्वाचित प्रतिनिधि हुन निर्वाचित प्रतिनिधिको वडाको बोर्ड बैठक नियमित तर्फ मात्र असोज सम्म बसेको तथा असोज पछि आज सम्म बैठक बसेको छैन वडा अध्यक्ष कुर्मीले बताए।वडा अध्यक्ष कुर्मीले बताए पछि वडा बासिले सोधे किन बसेको छैन बोर्ड बैठक र बिकास निर्माण को कार्य किन रोकिएको छ?त्यो कुरा को वडा अध्यक्ष कुर्मीले जवाफ फर्काउदै भने बोर्ड बैठक बसेको बैठकको म भत्ता लिदैन न भत्ता दिने निर्णय गर्छौ त्यहि बोर्ड बैठकको भत्ताको कुरा लिएर आज सम्म बैठक नबसेको बताए तथा त्यहि कारणले पनि बिकास निर्माणको कार्य गर्न खोज्दा वडा सदस्यहरू को बिरोधको कारण बिकास निर्माणको कार्य हुन नसकेको बताए।

त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा वडा नं १ का अध्यक्ष तथा सदस्यहरु ज.स.पा.बाट निर्वाचित भएतापनि चुनावको बेला पार्टी बिपरित वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको भतिजा रुपेशमान सिंहको लालटेन छापको झण्डा बोकदै वडा सदस्यहरू भोट मागेको म सँग प्रमाण छ भनि वडा अध्यक्ष कुर्मीले दाबि गरे लगत्तै वडा सदस्यहरू बिरोध भने हामी अरु व्यक्तिको भोट मागेका छैनौ हामी आफनो पार्टी छाता छापको भोट मागेको बताए त्यही वडा अध्यक्ष र वडा सदस्यहरू विच कुरा नमिल्दा विवाद चर्केर आज सम्म बोर्ड बैठक नबसेको र बोर्ड बैठक नबस्दा विकास निर्माणको कार्य हुन नसकेको वडा अध्यक्ष कुर्मीले बताए ।

साथै वडा अध्यक्ष कुर्मीले‌ भने म सँग कुनै किसिमको कमी छैन यो सभामा आज घोषणा गर्न चाहन्छौ कि आज देखी पाउने तलब भत्ता समेत नलिने जनकारी गराउदै भने र बिकास निर्माण कुनै किसिम कमिसन पनि नलिने र कुनै व्यक्तिलाइ कमिसन पनि नदिने जानकारी गराएका थिए।

त्यसतै बसेको विकास निर्माणको छलफल बारे बैठकमा वडा अध्यक्ष र वडा सदस्यहरू बिच कुरा नमिल्दा वडा अध्यक्षका समर्थक र वडा सदस्यहरू को समर्थक विच होहल्ला हुदै गर्दा वडा बासिहरु वडा अध्यक्ष र वडा सदस्यहरू को बिरुद्ध आ-आफ्नो भनाई राख्दै वडा बासिलाइ मुर्ख बनाएको बताउदै बैठक मै विरोध गरेका थिए र वडा बासिहरु के सोधे वडा अध्यक्ष सँग कि तपाइ चुनाव लडाद वडा एम्बुलेन्सको व्यवस्था गर्छु भनि प्रतिबद्धता गरेपनि गर्नु भएन किन त्यसको‌ जवाफ फर्काउदै वडा अध्यक्ष कुर्मीले भने म जसरि पनि बिना कमिसन को काम गर्छु कमिसन दिदैनौ न कमिसन लिन्छु न वडा सदस्यहरू लाइ कमिसन दिनछौ त्यस सर्तमा‌ बोर्ड बैठक बाट निर्णय भएपछि विकास निर्माण कार्य पनि तिब्र गतिमा हुन्छ र एम्बुलेन्सको पनि व्यवस्था हुन्छ भनि म लाइ विकास गर्न कै लागि जनताले निर्वाचित गरेको हो र म विकास नै गर्छु बिकास गर्नको लागि पछि कहिल्यै पनि हटदैनौ बैठकमा वडा अध्यक्ष कुर्मी बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!