०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

सार्बजनिक बिदामा कपिलवस्तु जिल्लामै पहिलो पटक जिल्ला प्रशासनबाट सेवा सुबिधा

Logo
प्रकाशित शनिबार, बैशाख ०२, २०८०

(ABC-Sanchar) कपिलवस्तु । जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए।

प्रशासन कार्यालयका प्रजिअ सहित १० जना कर्मचारीहरू नयाँ वर्षमा पनि नागरिकहरुलाई प्रशासन कार्यालयबाट प्रदान गर्ने सेवाहरू दिन दिनभर नै व्यस्त थिए। शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रको सेवा दिने भन्दै एक साता अघि प्रशासन कार्यालयले सार्वजनिक सुचना जारी गरेको थियो।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवाग्राहीको सुबिधालाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन पनि सेवा उपलब्ध गराएको हो। जिल्ला मै पहिलो पटक नयाँ वर्ष नागरिकहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले शनिवार बाहेक अन्य सार्वजनिक बिदाका दिन समेत प्रशासन कार्यालयले सेवा दिन कार्य योजना बनाइएको प्रजिअ शंकरहरि आचार्यले बताए।

नागरिकहरूको सेवा सुविधालाई मध्यनजर गर्दै शनिवारका दिन बाहेक अन्य सार्वजनिक बिदाका दिन पनि सेवा दिन कार्य योजना नै बनाएका छौ ’ उनले भने। पहिलो चरणमा नयाँ वर्ष वैशाख १ गते, वैशाख १८ गते विश्व मजदुर दिवस, वैशाख ३२ बुद्ध जयन्ती र जेठ १५ गणतन्त्र दिवसका दिन समेत कार्यालय संचालन हुने सुचना जारी गरिएको छ। बिदाका दिन समेत सेवा दिन प्रशासन कार्यालयका कर्मचारीलाई पालैपालो खटाइने गरी व्यवस्था मिलाइएको छ। वैशाख १ गतेका दिन ७४ जना सेवाग्राहीले बिभिन्न खालको सेवा लिएको प्रशासकीय अधिकृत गौतम बुढामगरले बताए। वैशाख १ गते बिदाका दिन समेत सेवा पाउँदा सेवाग्राही दंग परेका छन। अन्य दिनको समय भन्दा बिदाको समयमा भने सजिलै सेवा पाएको सेवाग्राही बताउँछन। नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्रमा अन्य दिन भन्दा छिटो र सजिलै सेवा पाएका थिए।

नयाँ वर्षका दिन पासपोर्ट लाइभईलरोलमेन्ट २३ जना, पासपोर्ट वितरण २४ जना, पासपोर्ट भर्नकालागि नाम लेख्ने कार्य ८ जना, राष्ट्रिय परिचय पत्र एनआइएम खोज्ने कार्य ३ जना नयाँ नयाँ नागरिकता ४ र प्रतिलिपि नागरिकता ३ जनाको प्रदान गरिएको छ। उता प्रशासन कार्यालयले विद्युतीय अनलाइन राहदानी भर्ने काम समेत प्रशासन कार्यालय भित्रै निःशुल्क भर्ने व्यवस्था समेत मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!