(ABC-Sanchar) तुल्सीपुर । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा रेडियोकर्मी चेतन वली सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्र मार्फत विगत देखिनै निरन्तर रुपमा संस्थालाई महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रतिष्ठानले उहाँलाई सम्मान गरेको हो ।
आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा सहित उहाको उज्जल भविष्यको कामना गर्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतमले बताउनुभएको छ । रेडियो प्रकृति एपीएफको समाचार डेस्क प्रमुखको रुपमा कार्यरत वलीलाई प्रमाणप्रत्र सहित पुरस्कृत गरिएको हो । उहा विगत लामो समयदेखि तुलसीपुर खबर डटकममा पनि कार्यरत हुनुहुन्छ ।