०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पर्सामा माेटरसाईकल चोरी गर्ने गिराेहका २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख ०३, २०८०

(रोशन कुमार निधि) पर्सा । प्रहरीले सुराकीका आधारमा गरेका खोजी अभियानमा हिजो र अस्ती दुईदिनमा दुई जना मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सेंढवाको संयुक्त प्रहरी टोलीले गरेको खोजी अभियानमा पर्साको ग्रामीण भेगबाट दुईजना पक्राउ परेको हो, एउटा मोटरसाइकलको पाटपूर्जा समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा जिराभवानी गापा वडा नं ५ का अजित चौधरी र वडा नं २ सेढवाको संजय दास रहेका छन । प्रहरीले हिजो दिउँसो सेढवा निवासी दासको बाख्राको खोरमा जमिन मुनि खाल्डो खुनी राखेको एउवटा मोटरसाइकलको सम्पूर्ण पाटपूर्जा बरामद भएको हो । ग्रामीणक्षेत्रमा चोरीका घटनामा वृद्धि भएसँगै प्रहरीको थप प्रभावकारी कार्यवाही जारी रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा गलत नम्बर राखेर चलाएको मोटरसाइकल धनीले आफ्नो जानकारी पाएपछि .व्यवहारमै बाईक फिर्ता गर्न आग्रह गरेका थिए । मोटरसाइकल धनी र चोरबीच मोटरसाइकल फिर्ता गर्ने कुरामा सहमति भएपछि चोरले पटेर्वासुगौली गाउपालिका वडा नं ४ भलुवाही खोलाको छेउमा रहेका सुगौली खेलमैदान आसपासमा बाइक राखि दिने शर्त अनुसार बाइक राखेर भाग्ने क्रममा अजित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

चौधरीलाई सखुवाप्रसौनी गाउपालिकाको कार्यालय अगाडी गएराति ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिराभवानी गाउपालिका वडा नं २ सेढवामा थारु समुदायको पर्व घाटोको अवसरमा चैत्र २३ गते आयोजित रात्रीकालीन सांस्कृतिक कार्यक्रममा एउटा मोटरसाइकल चोरी भएको थियो ।

जिराभवानी गापा वडा नं ३ नौकाटोला निवासी सिताराम चौधरीको मधेस प्रदेश ०३–ना २४ प ४४१६ नम्बरको पल्सर २२० बाइक चोरी भएको थियो । दुईदिन पछि २५ गते जिराभवानी गापा वडा नं १ पकडीटोलामा पनि राती लु १० प १२०२ नम्बरको पल्सरको बाईक र नम्बर नखुलेको यामाहाको आर १५ बाईक चोरी भएको थियो ।

यही सातामा पटेर्वासुगौली गाउँपालिका वडा नं ४ पटेर्वा गाऊबाट घाटो नाचबाटै सोही पालिका वडा नं २ बैजनाथपुरको होन्डा साइन बाईक चोरी भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!