०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
×

नागरिकहरुको समस्या समाधानमा लाग्न लुम्बिनी प्रदेश डिआईजी जोशीको निर्देशन

Logo
प्रकाशित सोमबार, बैशाख ०४, २०८०


(सागर थापा) बुटवल । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी उमेश राज जोशीले विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थीनिय समाजसेवी, विभिन्न राजनैतिक दलका पदाधिकारीहरु, पत्रकारहरु लगायतको आतिथ्यतामा एक कार्यक्रमका बिच प्रहरी चौकी पिपलडाँडा पाल्पाको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।
भवन उद्‍घाटन पश्चात् प्रहरी नायब महानिरीक्षक डिआईजी जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । साथै उक्त कार्यक्रममा प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा दान गर्नुहुने जग्गादाता एवं भवन निर्माणका लागि विषेश योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्। केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ। गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि […]

नेपाल विकासशील राष्ट्र हो। आर्थिक, औद्योगिक, वैज्ञानिक तथा प्रविधिको क्षेत्रमा विश्वका विकसित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न अझै धेरै समय, लगानी र मेहनत आवश्यक छ। अमेरिका, जापान, जर्मनी, बेलायत, फ्रान्स, दक्षिण कोरिया लगायतका विकसित देशहरूले दशकौँदेखि शिक्षा, प्रविधि, उद्योग र अनुसन्धानमा गरेको लगानीका कारण ती राष्ट्रहरू निरन्तर अगाडि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालले छोटो समयमै ती राष्ट्रहरूलाई […]

चितवन । प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगेकाले उनको बस्ने रिसोर्टमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। *स्रोतका अनुसार गरिएको व्यवस्था:* – *पाहुनाको आवतजावत*: प्रधानमन्त्रीको बसाइ अवधिभर रिसोर्टमा सामान्य पाहुना/ग्राहकलाई रोक लगाइएको छ – *कर्मचारी*: अधिकांश कर्मचारीलाई बिदा दिइएको छ। सेवा सञ्चालनका लागि सीमित कर्मचारी मात्र खटाइएका छन् भिभिआइपी सुरक्षाको प्रोटोकल अनुसार प्रधानमन्त्री, […]

error: Content is protected !!