०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

गृहमन्त्रीको फोटोसहित मिटरब्याजी पीडितको समस्या समाधान गर्न माग

Logo
प्रकाशित बुधबार, बैशाख ०६, २०८०

(ABC-Sanchar) काठमाडौं । अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्र मिटरब्याज र तमसुक व्यवस्था पीडितसँग २०७९, चैत १८ गते सरकारले गरेको पाँचबुँदे सम्भौता कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

महासङ्घले सो सम्भौता अक्षरशः कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुने गरी यथाशीघ्र न्याय प्रदान गर्न र त्यस सम्बन्धमा सरकार तथा सम्बन्धित निकायले गरेका कार्यको विवरण निरन्तर सार्वजनिक गरी जनतालाई सुसूचित गर्नसमेत माग गरेको छ ।

‘लघुवित्तबाट पीडित जनताले देशव्यापी घोषणा गरेको सङ्घर्षमा पुनः ऐक्यबद्धता प्रकट गर्दै सङ्घर्षरत जनतासँग तत्काल वार्ता गरी समस्या समाधान गर्न हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौँ’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले लघुवित्त पीडितहरूको सङ्घर्षका क्रममा चितवनको मुग्लिनमा र मिटरब्याज पीडितहरूको सङ्घर्षका क्रममा काठमाडौँको शान्तिवाटिकामा प्रहरीद्वारा दमन भएको जनाउँदै विरोधसमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताले आफ्ना समस्याहरूबारे सङ्घर्ष गर्न पाउने अधिकारलाई सम्मान गर्न र अनावश्यक बल प्रयोग नगर्न सरकारसँग जोड्दार माग गर्दछौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!