०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

पर्साको बिरगंजमा महिनामा २ पटक रात्रिबजार लाग्ने

Logo
प्रकाशित बुधबार, बैशाख ०६, २०८०

(ABC-Sanchar)
पर्सा । बिरगंज महानगरपालिकाले वीरगञ्ज ‘रात्रिबजारलाई निरन्तरता दिने भएको छ । सुस्त भएको वीरगन्जको व्यापार व्यवसाय चलायमान बनाउने उद्देश्यले पहिलो पटक नयाँ वर्षको अवसरमा रात्रिबजारको आयोजना गरिएको थियो । वीरगन्ज महानगरपालिकाले चैत ३० देखि वैशाख २ गतेसम्म तीन दिन पहिलो पटक रात्रिबजार लगाएको हो ।

रात्रिबजारमा उत्साहजनक जनसहभागिता र व्यापार भएका कारण उद्देश्य सफल भएको भन्दै मेयर राजेशमान सिंहले यसलाई निरन्तरता दिने भएका हुन् ।

उनकाअनुसार,वीरगन्जमा अब हरेक महिनाको अन्तिम
शुक्रबार र शनिबार गरी दुई दिन रात्रिबजार लाग्नेछ । यही वैशाखको ३० र ३१ गते पनि दुई दिन रात्रिबजार लगाउने उनले बताए । ‘हामीले पहिलोपटक परीक्षणका रूपमा तीनदिने रात्रिबजार लगाएका थियौं, यो तीन दिनमा भएको जनसहभागिता र व्यापारको कारोबारबाट हामी हौसिएका छौं,’ मेयर सिंहले भने, ‘यसलाई अब निरन्तरता दिन लागेका हौं ।’ रात्रिबजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले तीनदिने बजारमा करिब तीन लाख जनाले सहभागिता जनाएको बताए। उनले भने, ‘जितपुर, सिमरा,
हेटौंडा र भारतका सीमावर्ती सहरहरूबाट पनि
पाहुनाहरू आएका थिए ।

बिहारको रक्सौल, मेतिया, मोतीहारी र मुजफरपुरबाट गरी ५० हजार भारतीयहरू आएको उनले बताए । तीन दिन चलेको रात्रिबजारमा भारतीयलाई लक्षित गरी नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ला गरिएको थियो ।

रात्रिबजारमा ठूला होटल र रेस्टुरेन्टबाहेक बजारमा लगाइएका स्टलमा झन्डै तीन करोड रुपैयाँको कारोबार भएको पनि उनले बताए । यहाँका व्यापारीलाई अब रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यापार व्यवसाय गर्न सकिन्छ भन्ने लागेको उनले बताए । रात्रिबजारमा आदर्शनगर चोक देखि कैलाश होटल चोक हुँदै पुरानो बसपार्क र चिल्ड्रेन पार्कसम्मको सडकमा खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल, मसाज,पेयपदार्थ, विभिन्न समुदायका सांस्कृतिक झाँकीलगायतका गरी एक सयभन्दा बढी
स्टलहरू राखिएका थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!