
ABC (क्राईमबिट)
अर्घाखाँची । जिल्ला अर्घाखाँची पाणिनी गा.पा.८ खगडि स्थित वनमा डढेलो लाग्दा ऐ.बस्ने डिल कुमारी बि.क. र लिलापति बि.क.को २ घर र १ गोठ जली नष्ट भएकोमा आगलागी नियन्त्रणको लागी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट प्र.जि.अ. मीना अर्याल यस
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्र.ना.उ.मुकुन्द प्रसाद रिजालको कमाण्डमा १५ जना, स.प्र.बल नेपाल अर्घाखाँची बाट स.प्र.ना.नि.महेन्द्र बुढाथोकीको कमाण्डमा-१५ जना, ईश्वरी बक्स गुल्म अर्घाखाँची बाट उप-सेनानी मिलन ढकालको कमाण्डमा-९ जना खटिएको साथै पाणिनी गाउँपालीकाका प्रमुख
, वडा अध्यक्ष, स्थानिय बासी समेतको सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको ।
साथै वनडढेलोबाट जिउँधनको हानीनोक्सानी भई रहेको हुँदा कोही कसैले वनडढेलो नलगाउन हुन अनुरोध गरिएको छ । वनडढेलो लगाउने कार्य जघन्य अपराध हो । यसरी वनडढेलो लगाउने व्यक्तिको पहिचान गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जानकारी गराउन अनुरोध गर्दछौँ ।