०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

सर्लाहीबाट अवैध हतियारहरु बरामद

Logo
प्रकाशित बुधबार, बैशाख ०६, २०८०

ABC (क्राईमबिट) सर्लाही । घरमा लुकाएर राखिएको हतियार बरामद भए पनि घरका सबै जना फरार रहेको प्रहरीले जनाएको छ । मलंगवा नगरपालिका १ स्थित अवध रायको घरबाट एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान खुँडा र एउटा चक्कु बरामद गरिएको हो ।
घरमा लुकाएर राखेको अवस्थामा हतियार बरामद भएको प्रहरीले जनाएको छ । रायको घरबाट ईन्जिन नम्बर केरमेट भएको र नम्बरसमेत नराखेको अवस्थामा १ सय ५० सीसीको कालो रङको पल्सर मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवधका दुई छोरा ईन्द्रजित र रंजित सीमामा अवैध काम गर्ने गरेको खुलेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनले शंकाको घेरामा रहेका उनीहरूको टोलमा प्रहरी पुग्दा घरका सबै जना फरार भएको र फरार सबैको खोजीकार्य भइरहेको बताए ।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार सीमामा तस्करी गर्न, सर्वसाधारणलाई तर्साउन र अन्य आपराधिक कार्य गर्न हतियारको उपयोग गरेको हुनसक्ने आंकलन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!