(ABC-Sanchar) रुकुम । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको हो । यस्तै अन्य दुई जना घाइते भएका छन् ।
उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । घटनास्थल जाजरकोट डोल्पा सडक भेरी कोरीडोरमा पर्छ ।