०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

जिल्ला प्रशासन र जिल्ला प्रहरी बाँकेको गेट अगाडि खुलेआम यौन ब्यवसाय प्रहरी संरक्षणमा

Logo
प्रकाशित शुक्रबार, बैशाख ०८, २०८०

ABC (क्राईमबिट)
बाँके । नेपालगन्जको न्युरोड धम्बोझी, आदर्शनगर चोक टाङ्गा स्टेशन लगायत आसपासका होटेलहरु संग कन्ट्याक्ट्मा रुम लिने र सडक छेउमा ग्राहक संग बार्गेनिङ गर्दै यौनजन्य गतिबिधी गर्दै आएका केही दृश्यहरु साँझ पख देख्न सकिन्छ । सडक पेटिमा ग्राहक खोज्दै र बार्गेनिङ गर्ने यौनजन्य क्रियाकलापमा संलग्न युवतिहरु सक्रिय रहने गरेको छ ।

नेपालगन्जका एक जना स्थानियले नाम उल्लेख नगर्ने सर्तमा बाँकेको नेपालगञ्ज स्थित जिल्ला प्रशासन कार्यालय बाँकेको गेट नजिकै टाङ्गा  स्टेशनमा रहेको एक होटलमा खुलेआम यौनजन्य व्यवसाय भइरहेको र जिल्ला प्रहरी कार्यालय बाँकेको गेट अगाडि यस्तो गतिविधि भइरहेको खबर बाँके प्रहरीलाई थाहा हुँदा समेत कुनै एक्सन नलिएको उनले गुनासो गरेका छन ।

नागरिकहरुबाट व्यापक जनगुनासो आए पछी पत्रकारहरु टिमले स्टिङ्ग अप्रेसन गरेको छ । पत्रकारहरु होटलमा ग्राहक बनेर नेपालगन्जको आसपास क्षेत्रको होटलहरुमा यौनजन्य गतिबिधी गर्दै आएको दृश्य फेला पारेको छ ।  पत्रकारहरुले होटल संचालक र युबतीहरुलाई प्रहरी आए भने पक्राउ गर्छ नि भन्ने प्रश्नमा हामीले प्रहरीलाई महिना वारि पैसा दिन्छम भन्दै निर्धक्क सङ पत्रकारहरु सङ कुरा गर्दै भित्र जान प्रस्ताव समेत गरे ।

उसो त बाँकेको नेपालगन्जमा मात्रै यौनजन्य क्रियाकलाप मौलाएको भने होईन , बाँकेकै राझाँ र कोहलपुर समेत यौनजन्य गतिविधिको लागी चर्चित छ । कोहलपुर भने यौनजन्य क्रियाकलापको लागि अझ सुरक्षित रुपमा हेर्ने गरेको धेरैको जिकिर छ । कोहलपुर नजिक रहेका होमस्टे तथा होटेलहरुमा निर्वाध रुपमा यौनजन्य क्रियाकलाप हुने धेरैले बताउदै आएका छन् ।

यस्तो यौनजन्य गतिविधिको लागी होटल सञ्चालककै पहिलो भूमिका रहेको देखिएको छ । युवतीहरु होटल सञ्चलककै सम्पर्कमा हुने र ग्राहकहरु आए पछि होटल सञ्चालकले बोलाइदिने स्रोतले जानकारी दिएको छ । यस्तो क्रियाकलाप गरे बापत रु १५०० देखि रु ५००० हजार सम्मको बार्गेनिङ हुने स्रोतले बताएको छ । यसमा १७ वर्ष देखि ३० वर्ष सम्म कि युवतीहरुको बढी संलग्नता रहेको पाइएको छ ।

समय र सुचना तथा प्रविधिको बिकास संगै यौन ब्यवसाय र त्यसको बार्गेनिङ अनि सेटिङमा समेत ठूलो परिवर्तन आएको छ । बिभिन्न सामाजिक संजाल, फोन सम्पर्क तथा विभिन्न च्याट प्लेटफर्म मार्फत मोलमोलाइ हुने र स्थान समेत निर्धारण गर्ने गर्दै आएको कारण प्रहरी तथा प्रशासन उनिहरुको क्रियाकलाप सम्म पुग्न सकेका छैनन् भने कतिपय अवस्थामा प्रहरीकै संलग्न वा प्रहरीको संरक्षण रहने समेत प्रहरीलाई आरोप लाग्दै आएको छ ।

यस बिषयमा जिल्ला देखि वडा सम्माका सामान्य प्रहरी अधिकारिलाई जानकारी हुदा समेत कुनै एक्सन नलिँदा प्रहरी माथी नै प्रश्न चिन्ह उठेको छ । यस बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरलाई फोन सम्पर्क गर्दा फोन भरी उठेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!