२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बारामा युवकको हत्या गरि फरार दाम्पतीहरु प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख ०८, २०८०

ABC (क्राईमबिट)
बारा । बिश्राम्पुर गाउँपालिका वडा नाे.५ ईटियाहि टाेलमा मिति २०७९/०८/२७ गतेका दिन राति अन्दाजी ९ बजेको समयमा बर्ष २२ को सुरज भन्ने महेश साह्को हत्या गरि परालको भुसामा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नाे.८ राजानगर टाेलमा लास लाई लुकाईछिपाई राखेको अवस्थामा फेला परेको थियोे ।
घटनाको कारण मृतक सुरज भन्ने महेश साह र रोशनी भन्ने हिरादेविको सम्बन्ध लिभिङ टुगेदर रहेको थियाे।सुरज भन्ने महेश साह र हिरादेबी बिच बिवाहा गर्ने कुरा भएको थियो तर हिरादेबिको पहिलानैई बिवाहा भएको र एक छाेरि समेत भएको हुन्दा महेश साह्को घरपरिवार का सदस्यले बिवाहा गर्ने नमानेको थियोे ।
घटना स्थल नजिकै एकैसाथ हिरादेबिको श्रीमान ले महेश साह लाई डिसकाे केवलकाे तारले घाटिमा कसि हत्या गरेको थियो लास दबाउने छुपाउने उदेश्यले परालको भुस्मा लुकाई छिपाई राखी फरार भएको थियो ।निजहरू नेपाल छाडि भारतको बिहार दिल्ली हुन्दै केरला मलम्पुरम जिल्ला पुगेकाेमा निजहरु लाई केरला प्रहरी संघ समन्वय गरि खोज तलास गरिरहेकाे बेला ६ गते नेपाल र भारतकाे सिमाना नजिक बाट पक्राउ गरिएको हो।
निजि हरुलाई कर्तव्य ज्यान मुद्दामा स्मानित जिल्ला अदालत बाट ७ दिन्को थप म्याद गरि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुसोतम पाण्डे ले जान्कारी गराउनु भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]