२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी बिरगंजले ४४ लाखको अवैध समानसहित गाडी पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ०९, २०८०

ABC (क्राईमबिट)
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म बीरगन्जले ४४ लाख बराबरको अबैध कपडा र कामख्या सिन्दुर सहित पिकअप र स्कुटी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक राम जंग पाण्डेको कमान्ड ले राजस्व छली ल्याएको अबैध समान नियन्त्रणमा लिएको छ ।

भारतबाट राजस्व छली ल्याएको पिकअप भ्यानमा ल्याएको करीब १९ लाख ५१ हजार बराबरको लत्ताकपडा बीरगन्जको बैष्णो देवी मन्दिर नजिकबाट नियन्त्रणमा लिएको सशस्त्रका डिएसपी पाण्डेले बताए । अबैध समान लिएर आएको ना ५ च२८७२ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिएको जनाउनु भएको छ ।

लत्ताकपडा गाडी गरि ३२ लाख ५१ हजार रहेको छ । यसैगरी १५ लाख ४५ हजार मुल्य बराबरको कामख्या सिन्दुर र भारतीय नम्बर बिआर ०५ एयु ५८९६ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको डिएसपी पाण्डेले जानकारी दिनु भएको छ । सशस्त्र प्रहरीको गस्तीमा भन्सार कार्यालय को नायव सुब्बा कृष्ण प्रसाद आचार्य को टोली पनि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]