ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका-१२ रतनपुरमा मलको खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी ४० वर्षीया शारदा केसीको हत्या आरोपमा उनका ४१ वर्षीय श्रीमान मेघराज पक्राउ परेका हुन्। उनलाई शुक्रबार राति घोराही ३ गोग्लीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार घटना मेघराजले घटाएको प्रहरीले बताएको छ।
वैशाख १ गते राति साढे ९ बजे काठको दाउराले हानेर शारदाको हत्या गरेको मेघराजले प्रहरी समक्ष बताएका छन्। घटनाको थप अनुसन्धान भैरहेको र आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी समेत गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिएका छन ।