१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

अम्बकेश्वरी कलेज खेल सप्ताहमा विजयहरूलाई पुरस्कार वितरण,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ ०५, २०८३

दाङ । घोराहीस्थित अम्बिकेश्वरी कलेजले आयोजना गरेको खेल सप्ताहमा सहभागी भएर विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ। कलेजले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो। कलेजका विद्यार्थी संजीव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणराज गौतम, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासन, कलेजका प्रिन्सिपल चन्द्रप्रकाश खनाल लगायतकाले विजयी खेलाडीहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गर्नुभएको थियो। फुटबल, क्रिकेट भलिबल, फुट्सल, टेबल टेनिस, ब्याडमिन्टनलगायत विभिन्न खेलहरुमा सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणराज गौतमले खेल क्षेत्रको विकासका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। यसैगरी विशिष्ट अतिथि घोराही बनाउ अभियानका संयोजक सबिन प्रियसनले नेपाली खेल क्षेत्रलाई विश्वजगतमा पुर्‍याउन खेल शिक्षा अनिवार्य बनाउनुपर्ने बताउनुभयो । कलेजका प्रिन्सिपल चन्द्र प्रकाश खनालले खेलले शारीरिक र मानसिक सन्तुलन राख्ने भएका कारण सबैले यसलाई अनुसरण गर्नुपर्ने बताउनुभयो । कलेजका विद्यार्थी मनिष भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी केडिया पोखरेलले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]

  दाङ । उहाँ पत्रकार, साहित्यकार र *घोराही बनाऔँ अभियानका संयोजक* हुनुहुन्छ। पछिल्लो अन्तर्वार्तामा उहाँले आफैं भन्नुभएको छ – > “स्थानीय निर्वाचनमा उठ्छु भनेर पहिले नै घोषणा गरिसकेको छु।” तर अहिले पद भन्दा काम ठूलो हो। उहाँको अभियानका मुख्य कुरा *१. घोषणाभन्दा काममा जोड:* “घोषणा गरेर मात्र नागरिकको विश्वास प्राप्त हुँदैन। नागरिकका बीचमा गएर काम […]