०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

व्यवसायीहरुद्वारा मालवाहक ढुवानी ठप्प, सहजताको वातावरण प्रशासनसंग माग

Logo
प्रकाशित मंगलबार, बैशाख १२, २०८०


(ABC-Sanchar)
काभ्रे । मालवाहक ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गरेका छन् । अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसयीले पाँच दिनदेखि निर्माण सामग्री ढुवानी ठप्प पार्दै आएका छन् ।

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले यही वैशाख ७ गतेदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार कार्यालयले जिल्लास्थित तीन स्थानमा रहको भारमापन केन्द्र (तौलपुल)मा मालवाहक सम्पूर्ण सवारीसाधनको भारमापन गर्न निर्देशन दिएको थियो ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्री, अखिल नेपाल यातायात मजदुर सङ्घका संयोजक कृष्ण गौतम र स्वरोजगार ट्रक टिपर व्यसायी सङ्घका सचिव युवराज केसीले सोमबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई छुट्टाछुट्टै ज्ञापनपत्रमार्फत मालवाहक ढुवानी सहजताको वातावरण बनाइदिन माग गरेका हुन् । उनीहरूले तौलपुल सञ्चालनपछि मजदुर र व्यवसायीाई थप समस्या भएको जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न माग गरे ।

यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र ९तौलपुल०मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी झन्झट दिलाएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेका बताएका छन् । बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष खत्रीले विभागको प्रावधानअनुसार नै चलेका बताउँदै तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने बताए ।

टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ । व्ययसायीले पनौती क्षेत्र, अरनिको राजमार्ग, बिपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन् । विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकका तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो ।

तौलपुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गरेपछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रहसमेत गर्दै आएका थिए । काभ्रेपलाञ्चोकको सडकमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारीसाधन चल्ने गर्दछन् । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!