०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

यातायात मन्त्रालयले लाइसेन्स नवीकरण अवधि मिति १० वर्ष बनाउने तयारी

Logo
प्रकाशित बुधबार, बैशाख १३, २०८०

(ABC-Sanchar) काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ । मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिए । ५/ ५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएको भन्दै मन्त्रालयले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको मन्त्री ज्वालाको भनाइ छ । हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ । नवीकरणको समयावधि बढाएर राहदानी (पासपोर्ट) कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पु¥याउन लागेको हो । योसँगै सेवाग्राही सर्वसाधारणलाई थप सुविधा पुग्ने मन्त्री ज्वालाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!