०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

काबुल एयरपोर्ट बम विष्फोट गराउने आईएस नेता तालिबानद्वारा मारिए

Logo
प्रकाशित बुधबार, बैशाख १३, २०८०

(ABC-Sanchar) अफगानिस्तान । काबुल एयरपोर्टमा सन् २०२१ को भयानक बम विष्फोटको योजना बनाउने इस्लामिक स्टेट समूहका मास्टरमाइन्ड अफगानिस्तानको सत्तारुढ तालिबानद्वारा मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। अगस्टमा भएको बम विष्फोटमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिक मारिएका थिए । त्यतिबेला मानिसहरू तालिबानले नियन्त्रणमा लिएपछि देश छोडेर भाग्न खोजिरहेका थिए। आईएसका नेता एक हप्ता अघि मारिएका थिए तर उनको मृत्युको पुष्टि गर्न समय लागेको अमेरिकी अधिकारीहरूले सीबीएसलाई जानकारी दिएका छन् । उनको नाम भने सार्वजनिक गरिएको छैन । अमेरिकी अधिकारीहरूले गुप्तचरको सूचना र सो क्षेत्रको अनुगमनमार्फत ती नेताको मृत्यु भएको निर्धारण गरेको बताएका छन् । यद्यपि उनीहरूले बम विष्फोटको लागि उनी जिम्मेवार थिए भनेर कसरी थाहा पाए भन्ने बारे थप विवरण भने दिएका छैनन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!