०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

दाङको घोराही तुलसीपुर सडकको ठेक्का असारपछि रद्द हुने : मन्त्री रेखा शर्मा

Logo
प्रकाशित बिहिबार, बैशाख १४, २०८०

(ABC-Sanchar)
दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन् ।
आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी हुन् ।

‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’ उनले भनिन्, ‘त्यसपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाउँछौं ।’ उनले नयाँ प्रक्रियामा जाँदा केही समय लाग्ने भएकाले नेपाल सरकारबाटै बजेट छुट्टाएर सडक मर्मत सम्भार अघि बढाउने बताइन् ।

यो सडकमा भारतीय एक्जिम बैंकको लगानी छ । चार वर्षदेखि अलपत्र घोराही तुलसीपुर सडकबारे यहाँका जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै चर्को आलोचना भइरहेको छ । केही समयअघि सडक संघर्ष समितिले सांसदलाई जिल्ला प्रवेश निषेधको ब्यानर टाँगेर विरोध गरेका थिए ।

मन्त्री शर्माले चुनाव जितेर गएदेखि आफू हालको ठेक्का कसरी तोड्ने र काम अघि बढाउने भन्नेमा केन्द्रित भएको बताइन् । ‘चार लेन सडक यहाँ सबैको टाउको दुखाइ र चासोको विषय बनेको छ। स्वयं मैले पनि थुप्रै आलोचना खेपिरहेकी छु’ उनले भनिन्, ‘निर्वाचन जितेर गएदेखि नै मेरो प्रयास कसरी ठेक्का तोड्ने र काम अघि बढाउने भन्नेमै केन्द्रित छ ।’

उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासँग र अर्थमन्त्री प्रकाश शरण महतसँग समेत छलफल गरिरहेको पनि जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!