०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

इन्स्पेक्टर नवीन चापागाईंले गुन्डागर्दी सैलीमा कुटे हवल्दारलाई गम्भीर चोट उपचारको लागि नेपालगन्ज

Logo
प्रकाशित आइतबार, बैशाख १७, २०८०


ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका छन्।

कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ।

हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्। यो घटना शनिबार बिहान करिब ११ बजेको हो।

‘मलाई जिल्ला प्रहरी कार्यालय भित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गर्नु भयो,’ उनले भने, ‘मलाई बायाँ आँखा हेर्न गाह्रो भइरहेको छ, नाक पनि दुखिरहेको छ।’

हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन्। ‘आँखाको उपचारका लागि म नेपालगञ्ज जानुपर्ने भयो,’ उनले भने।

प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगञ्ज जान आग्रह गरेको उनले बताए।

शनिबार हवल्दार आरसी बिदामा थिए। उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको पनि बताए।

‘म साथीहरूसँग बसिरहेका बेला इन्स्पेक्टरसाबले बोलाउनुभएको छ भने असईले भन्नुभयो। म प्रहरी कार्यालय गएँ। एकाएक इन्स्पेक्टरसाबले कुट्नुभयो। मैले माफी मागे पनि उहाँले कुट्नुभयो,’ उनले भने।

बिदाको दिनमा मापसे गरेको र हो-हल्लासमेत नगरेको उनको भनाइ छ। ‘यदि मैले गल्ती नै गरेको थिएँ भने पनि मलाई सांगठानिक कारबाही गरिनुपर्थ्यो,’ उनले भने।

यो घटनाबारे बुझ्न खोज्दा प्रहरी निरीक्षक चापागाईंको मोबाइल स्वीच अफ छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालय भन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।

‘कुटपिट र हातपात गर्न पाइँदैन। हामी घटनाबारे विस्तृतमा अनुसन्धान गरिरहेका छौं। दोषीलाई विभागीय कारबाही हुन्छ,’ उनले भने, ‘कानून हातमा लिने जो-कोहीलाई पनि कारबाही हुन्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!