
ABC (क्राईमबिट)
बिराटनगर । सुनसरी घर भई भक्तपुर बस्ने २० वर्षीया युवतीलाई ६ वर्षदेखि डर, त्रास, धम्की दिँदै बलात्कार गरेको आरोपमा विराटनगर महानगरपालिका–६ बस्ने बर्ष ३० वर्षीय रिजवान अन्सारीलाई पक्राउ परेका हुन् ।
अन्सारीले पीडित युवतीलाई २०७४ असार महिनादेखि २०७९ फागुन १८ गतेसम्म प्रलोभन, डर, त्रास, धम्की दिँदै जबरजस्ती करणी गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार अन्सारीले युवतीको विभिन्न अश्लिल फोटोहरू खिचेर विराटनगर र काठमाडौँका विभिन्न स्थानमा लगी ती फोटोहरू सार्वजनिक गर्ने डर देखाई जवरजस्तीकरणी गरेका थिए ।
उनले जवरजस्तीकरणी गरेको अश्लिल भिडियो बनाएको र पीडित युवतीको फोटो राखी फेक प्रोफाईल बनाएर अश्लिल फोटोहरु सार्वजनिक गरेको, पीडितका आफन्त र साथिभाईहरुलाई अश्लिल फोटोहरु पठाई चरित्र हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जन कुमार दाहालले जानकारी दिए ।
दाहालकाअनुसार अन्सारीले पीडत युवतीलाई दुई पटक गर्भपतनसमेत गराएका थिए । अन्सारीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरी मोरङ जिल्ला अदालतबाट जवरजस्तीकरणी, गर्भ संरक्षण सम्बन्धी कसूर, विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।