०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको २१ बिओपीहरु थप

Logo
प्रकाशित सोमबार, बैशाख १८, २०८०

 ABC (क्राईमबिट) काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ ।

पछिल्लो समयमा झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लामा २१ वटा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ ।

आजसम्ममा ती पोष्ट स्थापना गरी सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिसकिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।

यसरी थपिएको सीमा सुरक्षा चौकीमा हाल भएकै सशस्त्र प्रहरी कर्मचारीलाई परिचालन गरिएको पनि उनले बताए ।

योसँगै अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई सय ४९ वटा बिओपी पुगेको छ । यसअघि दुई सय २८ वटा बिओपी स्थापना भएको थियो ।

सरकारले पाँच सयवटा बिओपी पुर्याउने लक्ष्य राखेको छ । क्रमशः अन्य जिल्लामा पनि थप गर्दै जाने योजना रहेको जनाइएको छ ।

सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागसमेत स्थापना गरी व्यवस्थित कार्य आरम्भ गरिएको सशस्त्र प्रहरीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यस्तै, अस्पताल, सीमा विभाग र अनुगमन तथा गुनासो व्यवस्थापन एकाइमा हटलाइन सेवाहरू थप गरी कार्यान्वयनमा ल्याइएको छ ।

सशस्त्र प्रहरी बल नेपालले भए गरेका कार्यप्रगतिबारे जानकारी दिँदै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन एकाइ स्थापना गरिएको र विभिन्न माध्यमबाट प्राप्त पाँच सय २० गुनासोमध्ये पाँच सय १८ फर्छ्योट भइसकेको र दुईवटा छानबिनका क्रममा रहेको जानकारी दिए ।

सशस्त्र प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको र सोही क्रममा विभिन्न ६५ युनिटमा जवान मेसहरूको स्तरोन्नति गरिएको उनले बताए ।

एक जवान एक बेडिङ अवधारणा लागू गर्ने अवधारणाअनुसार करिब ८५ प्रतिशत कर्मचारीका लागि बेडिङ तयार भइसकेको र ७० युनिटमा शिशु स्याहार केन्द्र स्थापना गरिएको पनि जानकारी गराइएको छ ।

आर्थिक वर्ष ०७९/०८० को वैशाख १६ गतेसम्ममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटले अवैधरूपमा चोरी–निकासी तथा पैठारी गरिरहेको अवस्थामा रु ९६ करोड ९५ लाख सात हजार सात सय ९३ बराबरको माल, वस्तु नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा बुझाएको छ ।

यसअघि आर्थिक वर्ष ०७८/०७९ को यो समयमा रु ७९ करोड ८५ लाख ९९ हजार ६३ मात्रै बुझाइएको थियो । चालु आवको अहिलेसम्म १९ वटा विभिन्न प्रकारका पेस्तोल, १६ वटा भरुवा तथा एअर बन्दुकलगायत थुप्रै विस्फोटक पदार्थ बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ ।

यस्तै, चार हजार दुई सय ८३ केजी गाँजा, ३५ केजी चरेस तथा ४० हजार चार सय ९५ ट्याबलेट लगायतका विभिन्न किसिमका लागूपदार्थ बरामद गरी सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!