(ABC-Sanchar)
धादिङ । सोमबार अपरान्ह ४ बजे पुलको मुखमै जमिन भासिएपछि अहिले सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए।
पुलको मुखमा जमिन भासिएपछि अहिले उक्त ठाउँमा भर्ने काम भइरहेको छ।
नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीका अनुसार पुलको संरचनामा कुनै क्षति भएको छैन।
‘पुलको संरचनामा क्षति भएको छैन। मुखमा जमिन भासिएको हो। हामी अहिले त्यो ठाउँलाई ग्याबिन लगाएर पुर्न लागिरहेका छौं,’ अधिकारीले भने,‘तीन/चार घन्टामा एकतर्फी सडक सञ्चालन गर्ने गरी काम भइरहेको छ।’

भासिएको ठाउँ पुरेपछि एकतर्फी सवारी चलाउन सकिने उनले बताए।
‘त्यसपछि दुईतर्फी सवारी चलाउन के गर्नुपर्छ हामी हेर्दैछौं,’ उनले भने।