(सागर थापा) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालको उपस्थितिमा मातहतका युनिट ईन्चार्जहरु सँग नियमित मिटिङ बैठक अन्तर्गत कार्यालयका समस्या तथा भए गरेका काम कारवाहीको प्रगती विवरण लगायत आ-आफ्नो एरियामा हुन सक्ने आपराधिक गतिविधीलाई मध्यनजरमा राखि प्रहरी परिचालन गरी समाजमा शान्ती सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने लगायत निम्न विषयवस्तुहरु माथी निर्देशन दिनु भएको ।
निम्न
१) सेवाग्राहीसँग शिष्ट तथा सभ्य रुपमा प्रस्तुत भई समस्याहरुको तत्कालै Response गरी कानून बमोजिम गर्ने तथा संगठनको नीती अनुरुप प्रहरीको आचरण हुनुपर्ने ।
२) आर्थिक प्रलोभनबाट प्रभावित नभई “शुन्य शहनशिलताको सिद्धान्त” कार्यान्वयन गर्नु पर्ने ।
३) प्रभावकारी प्रहरी परिचालन गरी कानून विपरीतका कार्यहरु “नदिजन्य पदार्थ उत्खनन, वनपैदावार, चोरी, तस्करी” नियन्त्रण गर्ने ।
४) अवैध स्त्री जाती चौपायाको चोरी तस्करी नियन्त्रण गर्ने ।
५) समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा लक्षित वर्ग, समुदाय सम्म लैजाने ।
६) ट्राफिक प्रहरीले चेकिङको दौरानमा सवारी साधनको नम्बर प्लेट, कागज पत्र दुरुस्त छ छैन भनि चेकिङ गर्नुका साथै क्षमता भन्दा बढी यात्रु बोकेको सवारी साधनलाई तुरुन्त कारवाहीको दायरामा ल्याउने ।