०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

नेपाल प्रहरी अस्पतालमा करोडौंको भ्रष्टाचार भएपछी अख्तियारको पत्र

Logo
प्रकाशित मंगलबार, बैशाख १९, २०८०

 ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अस्पतालमा चार करोड कमिसनको सेटिङ धरापमा परेको छ । महंगोमा एमआरआई खरिद गरी ठूलो रकम कमिसन खाने योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धक्का दिएको छ ।

आयोगले हालै पत्र लेखेर ठेक्कासम्बन्धि सबै कागजात मागेको छ । अख्तियारको प्रारम्भिक छानबिनमै बदनियत देखिएपछि ठेक्का रद्द हुने सम्भावना देखिएको छ ।

प्रहरी अस्पतालले करिब २८ करोड लागतमा एमआरई खरिद प्रक्रिया अघि बढाएको थियो । भएको एमआरआई मर्मत नगरी नयाँ खरिद गर्न लागिएकोमै प्रश्न उठेको थियो । कमिसनकै लागि एमआरआई खरिद गर्न लागिएको अहिले पुष्टि भएको छ । चिनियाँ कम्पनी सिमेन्सलाई मिल्ने गरी स्पेशिफिकेसन बनाएर टेन्डर प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि सिमेन्सका नेपाल प्रतिनिधि इष्ट वेष्ट कन्सर्नका सञ्चालक शेरसिंह श्रेष्ठले सेटिङ मिलाएका थिए । त्यसमा अस्पताल प्रमुख एआइजी डा.आशा सिंह विवादमा मुछिएकी थिइन् । अख्तियारले पत्र लेखेपछि उनको सेटिङ भत्कने सम्भावना बढेको छ । तर, अख्तियारलाई पनि मिलाउने भन्दै व्यापारी श्रेष्ठ दौडधुपमा लागेका छन् ।

अस्पतालमा सी–आर्म खरिदमा भने अनियमितता पुष्टि हुँदा पनि छानबिन भएको छैन । एफपिडी प्रविधिको ‘सी–आर्म’ आइसकेकोमा अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि–आर्म उच्च मुल्यमा खरिद गरेको छ । जिई कम्पनीबाट उत्पादित सि–आर्मलाई मिल्ने गरी ‘लक स्पेशिफिकेन’ बनाएर खरिदमा अनियमितता भएको हो । स्पेशिफिकेसनका बुँदामा सो कम्पनीलाई मात्र मिल्ने सर्त राखिएको प्रष्ट हुँदा पनि छानबिन हुन सकेको छैन ।

एआइजी सिंहका साथै प्रहरी अस्पतालका इन्सपेक्टर सुरेन्द्र केसीले खरिदमा लामो समयदेखि अनियमितता गर्दै आएका छन् । इन्सपेक्टर केसी रक्षामन्त्री पूर्णबहादुर खड्काका भान्जा हुन् । खड्काकै आडमा उनी सधैं आकर्षक प्रहरी कार्यालयमा बसेर अुकत सम्पत्ति आर्जन गरिसकेका छन् । सोही कारण उनले हाकिमहरुलाई समेत टेर्ने गरेका छैनन् । प्रहरी अस्पतालमा पनि हरेक जसो ठेक्कामा उनको सेटिङ चल्ने गरेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!