०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

नेपाल प्रहरी संगठनको सिद्धान्तभित्र रहेर काम गर्न डिआईजी भट्टराईको निर्देशन

Logo
प्रकाशित बिहिबार, बैशाख २१, २०८०


ABC (क्राईमबिट)
जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले मधेश प्रदेश मातहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई भर्चुअल माध्यमबाट वार्षिक कार्यसम्पादन सम्झौताको प्रगति समिक्षा तथा साप्ताहिक प्रगति समिक्षाका साथै निर्देशन सम्बोधन गर्नु भएको हो ।

वार्षिक कार्यसम्पादन सम्झौता समिक्षा अन्तर्गत चैत्र महिनासम्म मातहतबाट भएका कार्यहरुको समिक्षा गर्नु भएको साथै निर्देशन सम्बोधनको क्रममा डिआईजीले कार्यसम्पादन सम्झौता अनुरुप लक्ष्य प्राप्त गर्न नसकेका कार्यालयहरुलाई लक्ष्य प्राप्तिका लागि गर्नु पर्ने कार्यहरुलाई उच्च प्राथमिकतामा राखी कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्न निर्देशन समेत दिनु भएको थियो ।
साप्ताहिक प्रगति समिक्षा अन्तर्गत अघिल्लो हप्ता र गत हप्तामा भएका प्रगतिबारे समिक्षा गर्नु भई निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी प्रमुखहरु तथा मातहत ईलाका र प्रहरी चौकीहरुको निरीक्षण तथा कार्यसम्पादन समिक्षा गर्ने भन्सार चोरी निकासी, पैठारीलाई शुन्यमा झार्ने,संगठित अपराध तथा अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने, जाली नोट तथा हुण्डी कारोवार नियन्त्रणको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

डिआईजी भट्टराईले निर्देशन दिनुहुँदै विचौलियाहरुको नियन्त्रण, फरार प्रतिवादी पक्राउ, मिटर ब्याज नियन्त्रणलाई प्रभावकारी कार्यान्वयन गर्ने, गुनासो फर्छ्यौट, पेन्डिङ मुद्दा फर्छ्यौट, अवैध मदिरा भट्टि नष्ट, अपराध नियन्त्रणमा प्रविधिको प्रयोगलाई बढावा दिने, ट्राफिक दुर्घट्ना नियन्त्रण तथा ट्राफिकको काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरीको निरीक्षण तथा निर्देशन दिने, उत्कृष्ट कार्यसम्पादन गर्ने ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी प्रमुखलाई पुरस्कृत गर्ने तथा कार्यसम्पादन राम्रो नगर्ने प्रमुखहरुलाई परिवर्तन गर्न समेत निर्देशन दिनुको साथै प्रहरी कर्मचारीहरुले आचरण विपरितका कुनै पनि गतिविधीमा संलग्न नभई उच्च मनोवलका साथ त्रुटीरहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!