
ABC (क्राईमबिट)
बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी राजेशनाथ बास्तोलाले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा स्वाभिमान र ईमान्दारीका साथ ट्राफिक व्यवस्थापनमा खटिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले आफ्नो कार्यालयलाई सफा, सुन्दर र उत्कृष्ट बनाई इमान्दारी पुर्वक संगठनको श्रीबृद्धिमा सम्पुर्ण प्रहरी कर्मचारीहरु आपसमा भाईचाराको भावनाका साथ लागि पर्नु पर्ने बताउनु भयो ।