ABC (क्राईमबिट) झापा । मेचीनगर नगरपालिका ६ स्थित मेची डाँडाको ऐलानी जग्गाको नक्कली लालपुर्जा बनाएर बाडने कार्यमा सलग्न चारजना पक्राउ परेका हुन् । उनीहरुले एक सय भन्दा सर्वसाधरणवाट रकम उठाएर नक्कली लालपुर्जा बाडेको खुल्न आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार नक्कली लालपुर्जा बाँडनेमा मुख्य योजनाकार शिवसताक्षी नगरपालिका– ५ का डिल्लीराम मैनालीसहित मेचीनगर–६ का ७५ वर्षीय भुपध्वज दाहाल, ७३ वर्षीय ज्ञानबहादुर गिरी र ५४ वर्षीय टंक खड्कालाई प्रहरीले हिरासतमा लिईएको छ । सो घटनामा सलंग्न एकजना भने पफरार रहेका छन् ।